३० आश्विन २०८३, शुक्रबार

विमानस्थल धावनमार्ग नजिकै यात्रुविमान दुर्घटना, कैयौँ मारिएका आशङ्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biman

जुवा, १८ कात्तिक । दक्षिण सुडानको राजधानी जुबाबाट बुधबार उडेको एक विमान दुर्घटना भएको समाचार छ । राजधानी जुबाबाट उडेको सो विमान केही समयपछाडी नै दुर्घटना भएको एएफपी एक समाचारदाताले जानकारी दिएको छ ।

माथिल्लो निले राज्यको पोलोचतर्फ गईरेहको सो विमान जुबा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गदेखि ८ सय मिटर मात्र टाढा दुर्घटना भएको रेडियो मिरायाले जानकारी दिएको छ ।

सो रेडियोका अनुसार उक्त दुर्घटानमा ४० भन्दा बढी व्यक्ति मारिएका छन् । एएफपीका समाचारदाताका अनुसार दुर्घटनास्थलमा उद्धारकर्ताहरु जीवित उद्धार गर्न सकिन्छ कि भन्ने आशामा कार्यरत रहेका छन् । रासस/एएफपी