मुम्बई । बलिउड अभिनेता शाहरुख खानमाथि पाकिस्तानको एजेन्ट बनेको आरोप लागेको छ ।
भारतमा हिंसा भड्काएको आरोपमा नरेन्द्र मोदीको सरकारविरुद्ध साहित्यकार, इतिहासकार र वैज्ञानिकसँगै अब अभिनेता शाहरूख खानले विरोध जनाएपछि सत्तारुढ दल बीजेपीका नेताले उनीमाथि पाकिस्तानको एजेन्ट बनेको आरोप लगाएका हुन् ।
शाहरुखले देशमा साम्प्रदायिक हिंसा बढेको चिन्ता जनाउँदै मोदी सरकार र वीजेपीविरुद्ध बोलेका थिए । तर, सरकारले भने यसलाई ‘षडयन्त्र’ भनेको छ । शाहरुखले मोदी सरकारकोविरुद्ध आफ्नो अवार्ड फिर्ता गरिरहेका सष्ट्राको कदममा समर्थन जनाएका छन् ।

बलिउडका बादशाह तथा भारतका करोडौ जनताका प्रिय शाहरुखमाथि बीजेपीका नेता साध्वी प्राचीले पाकिस्तानी एजेन्ट बनेको आरोप लगाएकी छिन् ।
यता बीजेपीका महासचिव कैलाश विजयवर्गीयले पनि अभिनेता शाहरूख खानलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् । विजयवर्गीयले त शाहरूख खानलाई देशद्रोही भनेका छन् । विजयवर्गीयले भने- ‘शाहरुख खान भारतमा बस्छन् तर, उनको मन सधै पाकिस्तानमा रहँदै आएको छ । उनका फिल्महरु यहाँ करोडौ कमाउँछन् तर उनलाई भारत असहिष्णु देखिन्छ ।’

उनले अगाडि भनेका छन्- यी देशद्रोह नभएर अरु को ? भारत संयुक्त–राष्ट्रको स्थाई सदस्य बन्न पहल गरिरहेका छ, पाकिस्तान समेत मिलेर सबै भारतविरोधी शक्ति यसको विरुद्ध षड्यन्त्र रचिरहेका छन् ।’ शाहरुखले भारतविरोधी शक्तिसँग हात मिलाएको उनको आरोप छ ।(एजेन्सीको सहयोगमा)
















प्रतिक्रिया