एक समय थियो जतिबेला माओवादी भन्ने वित्तिकै मानिसहरू गर्व गर्थे । आफूलाई परिवर्तनकारी ठान्थे र चिनिन्थे ।
आम नागरिकमा छुट्टै माओवाद प्रेम थियो । जसले माओवादीको उचाई यति बढाएको थियो की आकाश छुने क्रममा थियो । त्यती बेला नेपालमा शासन गरी आएका एमाले र कांग्रेस भुईमा खसेका थिए । तर, त्यो आकाश भुईको अन्तर मेटिन धेरै समय नै लागेन् ।
जसरी त्यो आकाश छुन माओवादीलाई १० वर्ष(जनयुद्ध र संघर्ष) लाग्यो त्यसरी नै भुईमा खस्न करिब १० वर्ष नै लाग्दैछ । अहिले ९ वर्ष पूरा भइसकेको छ । ओरालो लाग्ने क्रम पनि जारी नै छ ।
पहिलो संविधानसभा पनि पहिलो दल बनेको माओवादी सत्ता र शक्तिको दलदलमा फस्दा ‘पत्ता साफ’ हुने अवस्थामा पुगेको हो । झण्डै १० वर्षको संघर्षले शिखर चढेको माओवादी अर्काे १० वर्षको सुखसयलले भुई झरेको हो । सत्ता र शक्तिका कारणले शक्ति र संगठन गुमाउँदै गएको माओवादीमा अहिले पनि निरन्तरता जारी छ ।
सत्तामा जाने वित्तिकै एमाओवादीमा फुटको श्रृखला सुरु भएको पाइन्छ । पहिलो पटक पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा मोहन वैद्यको नेतृत्वमा एक समूह माओवादीबाट अलग भएको थियो । पछि उसले आफ्नै नयाँ पार्टी खोल्यो । त्यो पार्टी अहिले पनि जीवितै छ ।
त्यस्तै दोस्रो पटक बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा पार्टीमा प्रचण्ड र बाबुराम समूह देखियो जसले एमाओवादी पार्टी पतनको बाटोमा हिँडिसकेको थियो ।
तर त्यो बाटो पूरा धेरै समय लागेन् । ३० वर्षदेखि प्रचण्डसँग सहकार्य गर्दै आइरहेका बाबुरामले संविधान बनेपछि एमाओवादी पार्टी परित्याग गरे ।
तथ्यांक हेर्दा अहिले एमाओवादीबाट फुटेर ५ वटा माओवादी बनिसकेको छ । बाबुरामको पार्टी परित्यागसँगै प्रचण्डको ‘पत्ता साफ’ हुने लक्षण पनि देखिएको थियो । जून आज केही मात्रामा पूरा भएको छ ।
पार्टी परित्याग गरी नयाँ शक्तिको बहसमा लागेका बाबुरामका लागि आज ४५ जना केन्द्रीय नेताले माओवादी छाडेका छन् । जसले प्रचण्डको पार्टी एमाओवादी ‘पत्ता साफ’ हुने अवस्थामा पुगेको हो ।
पार्टीमा बाबुराम पक्ष भनेर चिनिने देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, खिमलाल देवकोटालगायत ४५ नेताले प्रचण्डलाई छाडेका हुन् ।
दर्जनौ नेताले साथ छोडेपछि अब प्रचण्ड एक्लिएका छन् । संसारमा नयाँ वस्तुमा सबैको आकर्षण हुन्छ भनेजस्तै बाबुरामको नयाँ शक्तिमा पनि धेरैको आकर्षण छ ।
जसले प्रचण्डलाई घाटा पुग्ने निश्चित छ । अझै धेरै नेता एमाओवादी छाड्न सक्ने राजनीतिक विश्लेषकहरू अनुमान छ । जसले प्रचण्डको पनि ‘पत्ता साफ’ हुने निश्चित छ । शक्तिविहीन बन्ने खतरा प्रचण्डलाई छ ।
















प्रतिक्रिया