काठमाडौं, १६ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५ अन्तर्गतको पपुवा न्यूगिनीसँगको खेलका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोली छनोट भएको छ ।
आगामी नोभेम्बर १६ र २८ मा यूएईमा हुने खेलका लागि सोमबार नेपाल क्रिकेट संघ क्यानले खड्काको कप्तानीमा १६ सदस्य खेलाडी छनोट गरेको हो ।
छनोट गरिएको नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, अनिल मण्डल, सोमपाल कामी, करण केसी, महेशकुमार क्षेत्री, मेहबुब आलम, सरद भेष्वाकर, पृथु बाँस्कोटा, इर्साहाद अहमद, नरेश बुढाएर र बिक्रम सोब छन् ।
यस्तै प्रमुख प्रशिक्षकमा पुबुदु दासानायके र सहायक कोचमा दिपेन्द्र प्रताप सिंह छन् । नेपाली टोली मंगलबार भोली यूएई प्रस्थान गर्दैछ ।















प्रतिक्रिया