काठमाडौं, १५ कात्तिक । नेपाली जनताले पेट्रोलियम पदार्थका कराण चरम सास्ती बेहोर्नु परेको झण्डै तीन महिना पुग्न थालेको छ ।
जनताको दैनिक मात्रै होइन मुलुकको अर्थ व्यवस्थासमेत नाजुक बन्दै गएको छ ।
तर पेट्रोलियम पदाथको एकाधिकार पाएको नेपाल आयल निगमका कर्मचारीहरू मधेस आन्दोलनलाई देखाएर कानमा तेल हालेर बसेका छन् ।
उनीहरूले भारतसँगको पेट्रोलियम पदार्थको सम्झौता कदापि तोड्ना चाहँदैनन् । निगमका कर्मचारीहरू नेपाली जनताले जति नै सास्ती वेहोर्नु परे पनि चीन वा अन्य छिमेकी मुलुकबाट पेट्रोलियम पदार्थ छिटो ल्याउने प्रक्रियामा छैनन् ।
यसो हुनुको कारण खोज्दै जाँदा निगमका कर्मचारीको ठूलो रहस्य दैनिकले नेपालले फेला परेको छ । आयल निगमले चीन वा तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्दा निगमका कर्मचारी र तिनका छोराछोरी तथा पत्नीले पाउँदै आउने सेवा सुविधा कटौती हुने डरले अन्य कदम नउठाएको खुलेको हो ।
नेपाल आयल निगमका उच्च पदमा रहेका कर्मचारीका छोराछोरीले भारतीय पेट्रोलियम कर्पोरेशनको छात्रबृत्तिमा भारतमा अध्ययन गर्ने गरेको खुलेको छ ।
ती उच्च पदमा रहेका कर्मचारीका पत्नी र आफन्तहरू भारतीय आयल कर्पोरेशनको खर्चमा छ–छ महिनामा भारत घुम्न जाने गरेको पनि रहस्य खुलेको छ ।
आफूले पाउँदै आएको सुविधा गम्ने डरले नेपाल आयल निगमका कर्मचारीले चीन वा तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउन चासो नदिएका हुन् । नेपाललाई चीनले पेट्रोलियम पदार्थमध्ये के चाहिएको छ भनेर सोधेको थियो ।
तर निगमका कर्मचारीले पेट्रोल दिनु भनेर पत्र पठाए । जबकी चीनसँग नेपालले पेट्रोलको साट्टा मट्टी तेल अनुदानमा पाएको भए पेट्रोलियम पदार्थको समस्या हट्ने थियो । निगमले मट्टी तेल मागेन । बरु सीमित व्यक्तिले प्रयोग गर्ने त्यो पनि पेट्रोल अनुदानमा माग गरेर जगत हसाएको छ ।
निगमका भ्रष्ट कर्मचारीको यो रवैया देखेर जानेबुझेको नेपाली जनताले आक्रोश व्यक्त गरेका छन् । उनीहरूले एमाले नेतृत्वको सरकारसँग आयल निगमका भ्रष्ट कर्मचारीलाई कारबाही गरी भारतसँगको पेट्रोलियम पदार्थको आधिपत्य अन्त्य गर्न माग गरेका छन् ।
निगमका कर्मचारीहरूका कारण चीनले अनुदानमा दिएको पेट्रोल पनि तोकिएको समयमा नेपाल भित्र सकेन । त्यसको प्रमुख दोषी चीन होइन । बरु नेपाल आयल निगमका भ्रष्ट कर्मचारी रहेको तथ्य खुलेको छ ।
निगमका कर्मचारीले भारतसँगको पेट्रोलियम पदार्थको सम्झौता नतोड्नका लागि चीनले दिने भनेको पेट्रल लिन विभिन्न बहानाबाजी बनाइ कागजपत्र बिगारेको रहस्य खुलेको छ ।
निगमका कर्मचारीले भारतले लगाएको नाकाबन्दीलाई सहयोग गरेको यथेस्ट प्रमाण दैनिक नेपाल डट कमले फेला पारेको छ । आवश्यक परेमा ती प्रमाणहरू सार्वजनिक गर्नेछ ।
नेपाल आयल निगमका यस्ता भ्रष्ट कर्मचारीलाई कारबाही गर्ने हिम्मत प्रधानमन्त्री केपी ओलीमा छ ? यो प्रश्न चौतर्फी रुपमा उठेको छ ।















प्रतिक्रिया