टेक्सास, अमेरिका । अक्टोवर ३०, २०१५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बनेर निकै चर्चित नेपाली हास्यव्यङ्ग्य क्षेत्रका वरिष्ठ कलाकार मनोज गजुरेलको हास्यव्यङ्ग्य कार्यक्रम अमेरिकाको टेक्सास स्थित ड्यालसमा हुने भएको छ । आगामी नोबेम्बर ६ गते शक्रवार टेक्सास नेपाल परोपकार समितिको आयोजना तथा नेपाली समाज टेक्सासको सहयोगमा कार्यक्रम हुने भएको हो ।शुभ दिपावलीको पावन अवसर पारेर आयोजना गरिएको कार्यक्रममा कलाकार गजुरेलको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा गजुरेली विश्लेषण हुनेछ ।
पूर्व राजा ज्ञानेन्द्रदेखि बिभिन्न नेताहरुको क्यारिकेचर गर्न खप्पिस कलाकार गजुरेलले क्यारिकेचरको माध्यमबाट नेपाली राजनीतिप्रति तिखो व्यङ्ग्य गर्दै आएका छन् । पछिल्लो समयमा नेपालमा अघोषित भारतीय नाकाबन्दीको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरेर उनी निकै चर्चित बनेका छन् ।
यहाँको कार्यक्रममा पनि पछिल्लो समसामयिक राजनीतिक अवस्थादेखि अन्य विषयबस्तुमा समेत व्याङ्ग्यात्मक प्रस्तुति हुने हिमालय खवरसँगको कुराकानीमा गजुरेलले बताए । उनले कार्यक्रममा सहभागिताका लागि सबै नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई आग्रह पनि गरे ।
रमाईलो रेण्टुरेण्ड (3225 W Airport Frwy Irving TX 75062) मा साँझ ७:०० बजेदेखि सुरु हुने कार्यक्रम टेक्सास नेपाल परोपकार समितिका संयोजक माला महतले बताइन् । उनले कार्यक्रमबाट उठेको सहयोग रकमले नेपालका विभिन्न क्षेत्रमा सहयोग गरिने बताईन ।
‘हामीहरुले नेपालमा बाढीपहिरो, भुकम्प लगायतका विभिन्न प्राकृतिक प्रकोपसँगै गरिवी, अशिक्षित, महिलाहरुको लैंगिक विकास, शैक्षिक तथा आर्थिक वृद्धिमा टेवा पु¥याउने विभिन्न सहयोग गर्दै आईरहेका छौँ,’ हिमालयखवर सँग कुरा गर्दै उनले भनिन, ‘यो अभियानमा धेरैले साथ दिनुभएको छ, कतिपयले महिनाको १० डलर जम्मा गरिदिने वाचा गर्नुभएको छ । हाम्रो लागि यो निकै ठुलो कुरा हो, धन भएर नहुँदो रैछ मन चाहिँदो रैछ ।‘ उनले सहयोगी हातहरुलाई सधै स्वागत रहेको पनि बताईन् ।















प्रतिक्रिया