३० आश्विन २०८३, शुक्रबार

रक्सौल नाका खोल्न वीरगञ्जमा सेना परिचालन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-senaकाठमाडौं, १३ कात्तिक । दुई महिना लामो मधेस आन्दोलनले ठप्प रहेको रक्सौल–बीरगञ्ज नाका खोल्न सरकारले सेना परिचालनको तयारी गरेको छ ।

भारतबाट ७० प्रतिशत इन्धन आपूर्ति हुने रक्सौल–वीरगञ्ज नाका खुलाउन नेपाल चेम्बर अफ कमर्सको टोलीले आग्रह गरेपछि सरकारले आफ्नो गोप्य योजना सार्वजनिक गरेको हो ।

सरकारले मालबाहक ट्रकको सुरक्षाका लागि वीरगञ्जस्थित सुख्खा बन्दरगाह क्षेत्रमा सेना परिचालनको तयारी गरेको वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले टोलीलाई जानकारी गराउनुभएको हो ।

यसविषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल भइसकेको मन्त्री पुनले बताउनुभएको थियो । व्यवसायिका मालवाहक ट्रकलाई सुरक्षा दिन सरकार प्रतिबद्ध रहेको भनाई समेत मन्त्री पुनले राख्नुभएको थियो ।