पाल्पा, १३ कात्तिक । पाल्पाको छहरा गाविस–१ की पूजा रायमाझीको बाथरुममा ग्यास गिजर लिक हुने क्रममा मृत्यु भएको छ ।
रायमाझीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन ल्याउने क्रममा आज बिहान बाटोमा मृत्यु भएको प्रहरीको दाबी छ । बिहान करिब ९ बजेको समयमा बाथरुममा राखिएको ग्यास गिजर लिक हँुदा उनी बेहोस बनेकी थिइन् ।
अठार वर्षीया रायमाझीको उपचारका लागि तानसेन ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख जगदीश तिमिल्सेनाले जानकारी दिनुभयो । नुहाउन गएकी पूजा लामो समयसम्म बाहिर नआएपछि उनलाई अभिभावकले ढोका फुटालेर निकाल्दा उनी बेहोस अवस्थामा भेटिएको थिइन् ।
भैरव बहुमुखी क्याम्पस छहरामा बिएड प्रथम वर्षमा अध्ययनरत रायमाझीको मृत्युले छहरा र अम्लाबाँस बजार बन्द रहेको छ । रासस















प्रतिक्रिया