११ कार्तिक २०८३, बुधबार

श्रीमती गर्भवती भएपछि राजधानीमा भाइले गरे आफ्नै दिदीको बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RAPEकाठमाडौं, १३ कात्तिक । राजधानीमा आफ्नै दिदीलाई बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

आफनै दिदीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१३ बस्ने २० बर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय ल कलेज नजिक २२ बर्षीया दिदीलाई बिहिबार जबरजस्ती करणी गरेको भनी पीडितले महानगरीय प्रहरी बृत्त ठिमीमा निवेदन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती गर्भवती भएपछि मदिरा सेवन गरी कुमारी दिदीमाथि अभियुक्तले जबरजस्ती शारीरिक सम्बन्ध राखेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

यस्तै, आफ्नै १० बर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुरस्थित हनुमान इँटाभट्टामा काम गर्ने दाङ तुल्सीपुर नगरपालिका–३ का ४६ बर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले विहिबार छोरीलाई जबरजस्ती करणी गरेको भनी पीडित बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा निवेदन दिएपछि प्रहरीले पक्राउ गरेको हो । अभियुक्त बालिकाका सौतेनी बाबु हुन् ।

यस्तै, बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा चलालगणेशस्थान–१ तार्थलीभन्ज्याङ बस्ने ७७ वर्षीय कृष्णबहादुर नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ । नगरकोटीले विहिबार सोही ठाउँ बस्ने १३ बर्षीया बालिकालाई आफ्नै घरमा बलात्कार गरेका थिए ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।