३० आश्विन २०८३, शुक्रबार

भारतीय राजदूत रेले राष्ट्रपतिकै अगाडि पदीय मर्यादा नाघे, सुरक्षाकर्मीले बाहिर पठायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandari-12काठमाडौं, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ लिएको दिन बिहीबार राष्ट्रपति भवन शीतल निवासमा गज्जबको दृश्य देखियो ।

भारतले एकातिर नेपालमा अघोषित नाकाबन्दी गरी संविधान संशोधन गर्न दबाब दिइरहेको छ । अर्कोतिर भारतीय अधिकारीहरु नेपालमा आफ्नो पदीय मर्यादा समेत नाघ्न थालेका छन् । हो, यस्तै दृश्य देखियो शीतल निवासमा बिहीबार।

नवनिर्वाचित राष्ट्रपति भण्डारीको सपथ ग्रहण सकिएपछि निर्वतमान राष्ट्रपति रामवरण यादवको विदाइ कार्यक्रम चलिरहेको थियो । त्यहाँ नेपालस्थित विभिन्न देशका राजदूत पनि उपस्थित थिए । नेपालका लागि भारतीय राजदूत रन्जित रे पनि सहभागी भएका थिए ।

सुरुमा राष्ट्रपति भण्डारीसामू परिचय गर्दा पनि मर्यादाको ख्याल नगरेका रेले निवर्तमान राष्ट्रपति यादवको विदाईका लागि शीतल निवासको प्रभास हलमा भएको समारोहमा भित्र पस्न खोज्दा पनि सीमा नाघे ।

भारतीय राजदूत रे लाई मुल प्रवेशद्धाराबाट बाहिर पठाउँदै सुरक्षाकर्मीहरु
भारतीय राजदूत रेलाई मुल प्रवेशद्धाराबाट बाहिर पठाउँदै सुरक्षाकर्मीहरु

साँझ भएको यादवको विदाई समारोहमा जानुअघि भवनको मूल प्रवेशद्वारमा रेले नेपालका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग कुराकानी गरेका थिए । त्यसपछि उनी मर्यादाका पुरै सीमा नाघेर मूल प्रवेशद्वारबाटै भित्र पस्न खोजे । तर, त्यहाँ खटिएका नेपाली सेनाका अधिकारीले उनलाई रोके । र, बाहिर पठाएर अर्को प्रवेशद्धारबाट भित्र पस्न आग्रह गरे ।

नेपालमा आफ्नो कुटनीतिक मर्यादा भुल्ने भारतीय राजदूतलाई बिहीबार भने नेपाली सेनाका सकल दर्जाले सबक सिकाइदिए । मुख्य ढोकाबाट छिर्न नपाएपछि उनी कालोनिलो हुँदै फर्किएका थिए ।