– रामसुन्दर आचार्य
काभ्रे, १३ कात्तिक । जिल्ला आउने वित्तिकै पत्रकार सम्मेलन गरेर सवारी दुरुपयोग गर्ने र क्वाटर छाडेर घर पुग्ने सरकारी कर्मचारीलाई कार्वाही गर्ने भाषणा गरेका काभ्रे प्रमुख जिल्ला अधिकारी मदन भुजेल आफैले सवारीको दुरुपयोग गरेको पाइएको छ ।
असोज २४ गतेबाट काभ्रे प्रशासनमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी भुजेलले इन्धन अभाव भएको समयमा सरकारी सवारीको दुरुपयोग गरेका हुन् । रौतहटबाट सरुवा भएर काभ्रे आएका प्रजिअ भुजेलका लागि नेपाल सरकारले धुलिखेलस्थित शान्त वन नजिकै सुविधा सम्पन्न क्वाटरको व्यवस्था गरि दिएको भएपनि उनि दिन विराएर काठमाडौ पेप्सिकोला घरमा पुग्ने गरेका छन् ।
धुलिखेल क्वाटरमा बस्दा पनि प्रजिअ भुजेल विहान दश किलोमिटर पर नेपाल प्रहरी स्कुल साँगामा प्याडमिन्टन खेल्नका लागि नियमित बा २ झ ८१ नम्बरको सरकारी गाडिमा हुइकिने गरेका छन् । गृह मन्त्रालयले न्यूनतम इन्धन खपत गर्न निर्देशन दिएपनि काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई भने यो निर्देशनले केही हल्लाएको छैन् । ठूलो शक्ति र पहुँच भएकाले उनलाई कसैको निर्देशनले केहि गर्न नसक्ने उनी निकटहरुको भनाई छ ।















प्रतिक्रिया