११ कार्तिक २०८३, बुधबार

पोखरामा चर्काे मूल्यमा पेट्रोल बेच्ने पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol Nepaliकास्की, १३ कात्तिक । प्रहरीले पोखरा–१५ रामबजारस्थित क्रान्तिटोलबाट पेट्रोलको कालोबजार गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक वेदप्रसाद जोशीको नेतृत्वमा गएको टोलीले पोखरा–१५ का अग्निध्वज रसाइली, चितवन भरतपुरका दीप अघाई र गणेश विकलाई पक्राउ गरेको हो ।

चर्काे मूल्यमा पेट्रोल बेचिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले २३० लिटर पेट्रोलसहित उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूले प्रतिलिटर चार सय रुपैयाँसम्ममा पेट्रोल बेच्ने गरेको खुलेको छ । थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ ।

भारतको अघोषित नाकाबन्दीको नाजायज फाइदा उठाउँदै पोखरासहित देशका विभिन्न भागमा इन्धन कालोबजार गर्नेको बिगबिगी बढिरहेको छ । दुई दिन पहिले पनि इन्धनको कालोबजार गर्ने दुईजनालाई प्रहरीले कास्कीको लेखनाथबाट पक्राउ गरेको थियो । रासस