काठमाडौं, १३ कात्तिक । सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्य सचिव केशव विष्टलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ ।
अदालतमा विष्टले दायर गरेको रिटमाथि शुक्रबार प्रधान न्यायाधीश कल्याण श्रेष्ठले सुनुवाई गर्दै सदस्य सचिव विष्टलाई हटाउने अख्तियारको आदेश तत्काल कार्यान्वयन नगर्न नगर्न अन्तरिम आदेश दिनुभएको हो ।
अख्तियारले गत भदौ २५ गते विष्टलाई सदस्यसचिवबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो । अख्तियारको आदेश विरुद्ध विष्टले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।















प्रतिक्रिया