११ कार्तिक २०८३, बुधबार

बलात्कार अभियोगमा कालिकोटका युवक दार्चुलामा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorभीमदत्तनगर, १२ कात्तिक । जडिबुटीको व्यापार गर्दै दार्चुलाको व्यास गाविस पुगेका कालीकोटका एक युवक बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

व्यास गाविस–६ की चार वर्षीयालाई बलात्कार गरेको आरोपमा कालीकोट छिन गाविस–४ का २३ वर्षीय जीवनराज महतारालाई बुधबार राति पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । उनीविरुद्ध आजै जिल्ला अदालतमा जबर्जस्ती करणीअन्तर्गत मुद्दा दायर गरिएको छ । रासस