३० आश्विन २०८३, शुक्रबार

ग्रेस कलेक्सनमा झन झन माथि उक्लिँदैछ ‘सुश्री’को ब्यापार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aaryan-aashika-fbकाठमाडौं । हिन्दूहरुको महान पर्ब बिजया दशमीको मौका छोप्दै फुलपातिका दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘सुश्री’को ब्यापार दिन प्रतिदिन उकालो लाग्दैछ ।

अन्य तीन बलिया फिल्मसंग जुध्न पछि नपरेको ‘सुश्री’को कमजोर प्रचार र हल संख्या अत्यन्त न्युन हुँदाहुँदै पनि पछिल्लो समयमा भने माउथ पब्लिसिटीकै कारण ब्यापार बढ्न थालेको यसका निर्माता तथा बितरक बताउछन् ।

रिलिजको समयमा राजधानीका ४ एकल र केही मल्टिप्लेक्स पर्दा पाएको चलचित्रको मोफसलका सिनेमा घर थपिएका छन् भने राजधानीकै सिदार्थ सिनेमा पनि थपिएको बितरकले जानकारी गराएको छ । साथै राजधानीका सबै सिनेमा घरमा सन्तोषजनक रुपमा चलचित्रको प्रदर्शन भईरहेको पनि जानकारी गराएको छ ।

रिलिजको दोस्रो साता प्रबेशसंगै मोफसलका घोराई, जितपुर, सुर्खेत, नेपालगंज, दमकका सिनेमा घर थप भएको बितरक रोहित‍–रत्नले बताए । साथै फुलपातिको दिनमा भन्दा मंगलबारको कलेक्सन राम्रो रहेको पनि बताए ।

चलचित्र लेखक शिबम अधिकारीको डेब्यु निर्देशन रहेको यस चलचित्रमा आर्यन सिग्देल र डेब्यु हिरोईन आशिका तामाङ मुख्य भुमिकामा छन् । चलचित्रमा सुरबिना कार्की, राजाराम पौडेल, बिकास चापागाँई, मिश्री थापा लगायतका कलाकारको अभिनय रहेको छ ।