११ कार्तिक २०८३, बुधबार

महन्थ ठाकुर भन्छन्- जनताको ढाड सेक्ने चीनको तेल र ग्यास नेपाल ल्याउनु हुँदैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahantha-thakurवीरगन्ज, १२ कातिक । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसको मागप्रति सरकार अझै गम्भीर नबनेको आरोप लगाउनुभएको छ ।

सरकार र मधेसी मोर्चाबीच पटक पटक भएका औपचारिक र अनौपचारिक वार्तामा मधेसको मुद्दा सम्बोधनका लागि सरकारी वार्ता टोलीले ठोस मार्गचित्र प्रस्तुत गर्न नसकेको उहाँको भनाइ थियो । सो पार्टीद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मधेसको जायज मागप्रति सरकार गम्भीर नभएकाले समस्या झन् बल्झिँदै गएको हो ।”

चीनबाट पेट्रोलियम पदार्थ भित्र्याउने सरकारी निर्णय नेपाली उपभोक्ताको हितमा नरहेको बताउँदै अध्यक्ष ठाकुरले भन्नुभयो, “चीनबाट इन्धन आयात गर्दा ढुवानी खर्च बढेर भारतको तुलनामा महँगो हुन्छ ।”

आन्दोलनको समाधान मुलुकभित्रैबाट खोजिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “आफ्नो अधिकारका लागि आन्दोलित मधेसी जनताका विषय आन्तरिक भएकाले यसको समाधान पनि मुलुकभित्रै खोज्न सक्नुपर्दछ ।”

सरकार र मोर्चाबीच विगतमा भएका आठ र २२ बुँदे सहमति र सम्झौतालाई बेवास्ता गरेर संविधान जारी गरेपछि मुलुकमा जटिलता थपिएको बताउँदै अध्यक्ष ठाकुरले मधेसको मागलाई सम्बोधन नगरेसम्म मोर्चाको आन्दोलन जारी रहने उल्लेख गर्नुभयो ।

चीनबाट पेट्रोलियम पदार्थ भित्र्याउने सरकारी निर्णय नेपाली उपभोक्ताको हितमा नरहेको बताउँदै अध्यक्ष ठाकुरले भन्नुभयो, “चीनबाट इन्धन आयात गर्दा ढुवानी खर्च बढेर भारतको तुलनामा महँगो हुन्छ ।” रासस