११ कार्तिक २०८३, बुधबार

नवनिर्वाचित राष्ट्रपति भण्डारीद्धारा एमाले पार्टी परित्याग, संसद सदस्यबाट राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya davi bhandariकाठमाडौं, १२ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले पार्टी परित्याग गर्नुभएको छ ।

विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले एमालेको उपाध्यक्ष पदसहित संसद सदस्यता र पार्टी सदस्यता परित्याग गरेको घोषणा गर्नुभएको हो ।

भण्डारीले आजै पद तथा गोपनियताको सपथ लिँदै हुनुहुन्छ । राष्ट्रपतिको दायित्व निष्पक्षतापूर्वक सम्पन्न गर्न एमालेको उपाध्यक्ष सहित दलको सदस्यता र एमाले सम्बद्ध जनसंगठनको नेतृत्वको जिम्मेवारीबाट समेत अलग भएको उहाँले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

साथै उहाँले राष्ट्रपति पदमा पुर्याउने एमाले नेतृत्व, एमाले कार्यकर्ता र अन्य दल तथा जनताबाट प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

यस्तो नवनिर्वाचित राष्ट्रपति भण्डारीद्धारा जारी गरिएको विज्ञप्तीः

Bidhya-bhandari-Press-Statement