सप्तरी, १२ कात्तिक । हिजोदेखि हराएकी एक बालिकालाई सप्तरी प्रहरीले खोजी गरी परिवारको जिम्मा लगाएको छ ।
घरबाट खेल्दाखेल्दै राजविराज–१ हटियाबाट स्थानीय हदर अलिकी चार वर्षीया छोरी सिरफी खातुनलाई प्रहरीले खोजी गरी परिवारलाई बुझाएको हो । राजविराजस्थित महिला तथा बालबालिका सेलमार्फत खातुनलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस















प्रतिक्रिया