११ कार्तिक २०८३, बुधबार

चालीस जना यात्रु बोकेको बस कल्भर्टमा यसरी ठोक्कियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

कावासोती, १२ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका वडा नं २ मा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा १० जना यात्रु घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौंका लागि गुडिरहेको ना४ख ७७१५ नंको यात्रुबाहक बस तीव्र गतिका कारण दुर्घटना परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस चालक भने फरार रहेका छन् । चालीसजना सवार बसका अन्य यात्रुलाई प्रहरीले अर्को सवारीको व्यवस्था गरी काठमाडौं पठाएको छ । रासस