मुम्बई । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा कडा सुरक्षा घेरभित्र आजीवन काराबासको सजाय भोगीरहेका कुख्यात अपराधी चार्ल्स शोभराजको विषयमा बनेको बलिउड फिल्म ‘मै और चार्ल्स’लाई लिएर सामाजिक सञ्जालहरूमा बादविवादहरू सुरु भएका छन् ।
विशेष गरेर फिल्मको प्रचार शैलीका विषयामा आलोचना पनि भएका छन् । कुख्यात अपराधीलाई अल हीरोको सम्मानमा रुपमा प्रचार गरिएको भन्दै केही भारतीय सञ्चारमाध्यमरूले आलेचना पनि गरेका छन् ।
तर अधिकांश सञ्चारमाध्यमले कुख्यात अपराधीले कसरी अपराध गर्छ भन्ने सन्देश दिनका लागि पनि शोभराजको जीवनीमा बनेको फिल्म ‘मै और चार्ल्स’ले भूमिका खेल्ने बताएका छन् ।
फिल्म निर्माण गर्दा होस् वा फिल्मको प्रमोशनका विषयमा शोभराजसँग भारतीय कलाकार र निर्माण पक्षले सुन्धारास्थित केन्द्रीय कारागारमा आइ भेटवार्ता गर्ने गरेको टाईम्स अफ इण्डियाले जनाएको छ ।
‘मै और चार्ल्स’मा शोभराजको भूमिकामा बलिउड अभिनेता रणदीप हुड्डाले अभिनय गरेका छन् । हुड्डा स्वयंले पनि शोभराजलाई सुन्धारास्थित केन्द्रीय कारागारमा आएर भेट गर्नुका साथै फिल्मको पोष्टरमा शोभराजको अटोग्राफ लिएको अन्तर्वाताका क्रममा जनाएका छन् ।
थुपै्र सर्वसाधारणको हत्या अभियोग लागेका शोभराजमाथि लागेका आरोपहरू प्रमाणित भएपछि अहिले उनले बन्दी जीवन बिताइ रहेका छन् ।















प्रतिक्रिया