११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाको नाकाबन्दीले राप्रपा नेपाललाई यसरी असर पुर्‍यायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapa Rpp Nepalकाठमाडौं, ११ कात्तिक । सत्तारुढ राप्रपा (नेपाल) नेपालले केन्द्रीय परिषदको बैठक मंसिरको दोस्रो साता काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बसेको कार्यसम्पादनको बैठकले केन्द्रीय परिषदको बैठक मंसिर ६, ७ र ८ गते काठमाडौंमा गर्ने निर्णय गरेको राप्रपा नेपालका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

‘पार्टीको संगठनात्मक र भावी योजनाका विषयमा छलफल गर्न केन्द्रीय परिषदको बैठक काठमाडौंमा गर्ने निर्णय भएको छ’, श्रेष्ठले भन्नुभयो, ‘यसअघि केन्द्रीय परषदको बैठक वीरगञ्जमा गर्ने निर्णय भएको थियो । अब काठमाडौंमा गर्ने निर्णय गरेका छौँ ।’

मधेसी मोर्चाको आमहड्ताल र नाकाबन्दीले गर्दा राप्रपा नेपालले वीरगञ्जमा गर्ने भनिएको परिषदको बैठक काठमाडौंमा सार्ने निर्णय गरको हो ।

केन्द्रीय परिषद बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, भातृसंगठनको केन्द्रीय पदाधकारीहरूसहित झण्डै एक हजार प्रतिनिधि रहनेछन् ।

यसैबीच, राप्रपा नेपालले स्थानीय निकाय निर्वाचनको तयारी र संगठनात्मक विषयमा छलफल गर्न कात्तिक १३ गते शुक्रबार भातृसंगठनहरूको काठमाडौंमा संयुक्त बैठक बोलाएको छ । बैठकमा सबै संगठनहरूले आआफ्नो तर्फबाट कार्ययोजना पेश गर्नुपर्ने छ ।