११ कार्तिक २०८३, बुधबार

अवैध सुनसहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौँ, ११ कात्तिक । एअर अरेबियाको उडान नम्बर जि ९–५३७ द्वारा मङ्गलबार साउदी अरेबियाबाट नेपाल आएका भारतीय नागरिक सञ्जय गोयन्कालाई प्रहरीले २२८ ग्राम सुनसहित पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र पार भइसकेपश्चात शङ्का लागी प्रहरीले जाँच गर्ने क्रममा जुत्तामा लुकाई ल्याएको अवस्थामा तीन टुक्रामा रहेको उक्त सुन बरामद भएको थियो ।

यसैगरी आरए ४०९ को उडानद्वारा हङ्कङबाट काठमाडौँ आएका बेलायती राहदानी भएका नेपाली नागरिक विक्की गुरुङलाई भन्सार क्षेत्र पार भई बाहिर निस्कदै गरेको अवस्थामा प्रहरीले हातमा लगाएको ९४ ग्रामका सुनको बाला एक थानसहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पेट्रोलियम पदार्थको कालोबजारीमा प्रहरीको संलग्नताबारे छानबिन सुरु

पेट्रोलियम पदार्थको कालोबजारीमा नेपाल प्रहरीको संलग्नताबारे सामाजिक सञ्जालमा आएको सूचनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन अगाडि बढाएको जनाएको छ ।

जर्किनमा रहेको पेट्रोलियम पदार्थ प्रहरीको गाडीमार्फत राजधानीको एक होटलमा झार्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आज प्रहरीले यस सम्बन्धमा छानबिन भइरहेको आफ्नो ट्वीटरमार्फत जनाएको हो । रासस