११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाका कार्यकर्ताले दुई मोटरसाइकलका चालकलाई जिउँदै जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

रौतहट, ११ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराति गौर चन्द्रनिगाहपुर राजमार्गको जयनगरमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

मोटरसाइकलमा इन्धन ओसारेको भन्दै मोर्चाका कार्यकर्ताले दुईवटा मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगजनीका कारण मोटरसाइकलका चालकसमेत घाइते भएका छन् ।

गौरबाट गरुडा आउंँदै गरेको ना.१४प ५१०५ नम्बरको मोटरसाइकल र अर्को नम्बर नखुलेको मोटरसाइकललाई जयनगरमा बाटो अवरुद्ध पार्दै बसेका मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर आगजनी गरेका हुन् ।

मोटरसाइकलमा लागेको आगोका कारण गरुडा–१ का २८ वर्षीय चालक सुरेस साह र २७ वर्षीय राम प्रवेश साह घाइते भएका छन् ।

घाइते दुबै जनाको गरुडाको हेल्थल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । आगजनी गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस