११ कार्तिक २०८३, बुधबार

रसुवाका ८० जना राष्ट्रसेवक कर्मचारी कारबाहीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghus-Bhrastacharधुन्चे (रसुवा) ११ कात्तिक । दसैं बिदापछि कार्यालयमा उपस्थित नहुने रसुवाका ८० जना कर्मचारीलाई स्थानीय प्रशासनले कारबाही सुरु गरेको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी थापाका अनुसार कार्यालयमा उपस्थित नहुनेमा १४ कार्यालय प्रमुख र ६६ जना राजपत्रअनङ्कित कर्मचारी रहेका छन् । तिनीहरुलाई विभागीय कारबाहीका लागि स्पष्टीकरण माग्ने कार्य अघि बढाइएको छ ।

उपस्थित नहुने कार्यालय प्रमुखहरुमा जिल्लास्थित निर्वाचन कार्यालय, शिक्षा, स्वास्थ्य, सिँचाइ, वन, महिला तथा बालबालिकालगायत छन् ।

बडादसैँ सकिएको तीन दिनसम्म पनि कार्यालय अनुपस्थित भई जिम्मेवारीमा लापरबाही गरेका कारण निजामती सेवा नियमावलीअनुरुप कारबाही अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस