११ कार्तिक २०८३, बुधबार

सीमा सुरक्षामा नेपाल-भारतका अधिकारीबीच छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Indiaभीमदत्तनगर, १० कात्तिक । सशस्त्र, हिंसा न्यूनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजनाअन्तर्गत सीमा क्षेत्रमा हुने समस्या समाधान गर्न नेपाल र भारतका सुरक्षा निकायबीच समन्वय गर्ने विषयमा छलफल भएको छ ।

दोधारा चाँदनी नगरस्तरीय सुरक्षा समितिले सोमबार सशस्त्र भारतीय सीमा सुरक्षा बल (एसएसबी) नौजलिया पोस्टका इन्चार्ज इन्सपेक्टर बलवीर सिंह र माताटान्डा थानाका प्रहरी नायब निरीक्षक सुवेन्द्र सिंहसँग छलफल गरेको हो ।

सामुदायिक सुरक्षा समितिका तर्फबाट नगरस्तरीय सुरक्षा समितिका संयोजक तथा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक कमल बडुवाल, परियोजनाका सहजकर्ता अमिर तिरुवालगायतको टोलीले भारतीय सुरक्षाकर्मीसँग सीमा क्षेत्रमा हुने समस्या समाधानका लागि कुराकानी गरेको बडवालले जानकारी दिनुभयो ।

भारतीय इन्सपेक्टर वलवीर र माताटान्डा थानाका प्रहरी नायब निरीक्षक सुवेन्द्रले छलफल सकारात्मक भएको बताउनुभयो । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, महिला हिंसा तथा मानव बेचबिखन, सुरक्षा अवस्था, साना हातहतियार नियन्त्रणलगायत विषयमा समेत द्विपक्षीय छलफल भएको थियो । रासस