११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाका कार्यकर्ताले दुई मोटरसाइकल जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

गौशाला, १० कात्तिक । बन्दको अवज्ञा गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई मोटरसाइकलमा आगजनी गरेका छन् ।

सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य कृष्णशङ्कर साहका नेतृत्वमा प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ताले भारततर्फबाट सामान बोकेर आएका ज१प ७७२ नं र नं नखुलेको एउटा भारतीय मोटरसाइकलमा जलेश्वर महादेव मन्दिर अगाडि आगजनी गरेका हुन् । रासस