११ कार्तिक २०८३, बुधबार

छोराले बाबुलाई मध्यरातमा कुटिकुटि मारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatyaबनेपा, १० कात्तिक । काभ्रेपलाञ्चोकको देवीटार गाविस–८ स्थित चमारेडाँडामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।

घरायसी झगडाले उग्र रुप लिँदा २० वर्षीय छोरा विजय तामाङले करिब ४३ वर्षीय गणेशबहादुर तामाङलाई गएराति कुटपिट गर्दा मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

हत्या गरेर फरार भएका विजयलाई सोही गाविस–१ बाट पक्राउ गरी हिरासतमा लिएको प्रहरीले जनाएको छ । रासस