११ कार्तिक २०८३, बुधबार

कैलालीमा डुङ्गा पल्टिँदा डुबेका ८ जनाको उद्धार, २ जनाको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karnali river and chisapani bridgeकैलाली, ९ कात्तिक । कैलाली जिल्लास्थित चिसापानी कर्णाली नदीमा ढुङ्गा पल्टिँदा आज दुई जनाको मृत्यु भएको छ । आठ जनाको शकुसल उद्धार गरिएको छ ।

लम्कीचुवा नगरपालिका–१ स्थित चिसापानी कर्णाली नदीको शाखा संचालन हुने स्थानबाट डुंगा पल्टिदा डुबेका ८ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । नदीबाट सुरक्षाकर्मीले २ वटा शव फेला परेका छन् ।

डुंगा पल्टिएर मानिसहरू बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुर तथा प्रहरी चौकीहरु अमरावती र सुकलीपुरबाट प्रहरी टोली खटी गई उद्धार कार्यमा जुटेको थियो ।