११ कार्तिक २०८३, बुधबार

आज दसैँको अन्तिम दिन : घरघरमा जमरा सेलाएर समापन गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tika-Jamara- Dashainकाठमाडौँ, ९ कात्तिक । यही असोज २६ गतेदेखि सुरु भएको २०७२ सालको दसैँ आज घरघरमा जमरा सेलाएर समापन गरिँदैछ ।

प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भई आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) सम्म चल्ने दसैँका दिनमध्ये प्रतिपदाका दिन घटस्थापना गरी जमरा राख्ने, सप्तमीमा फुलपाती भित्र्याउने, अष्टमी र नवमीबीचको रातमा कालरात्रि गर्ने, बलि दिने, दशमीका दिन देवीको प्रसादका रुपमा टीका तथा जमरा लगाउने गरिन्छ ।

विजयादशमीका दिनमा दसैँको टीका तथा जमरा लगाउन सुरु गरी त्यसपछि पूर्णिमा (कोजाग्रत पूर्णिमा)का दिनसम्म टीका तथा जमरा लगाउने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निणायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराउनुभयो ।

उहाँका अनुसार आज बेलुकासम्म दसैँको टीका लगाएर सकिन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आज ब्रत बसी रातमा महालक्ष्मीको पूजा गरिने उहाँले जानकारी गराउनुभयो । तिथिका घडी, पलाअनुसार पूर्णिमाका अवसरमा हुने कात्तिक स्नान तथा आकाश दीप दान भने भोलि मात्र गरिने गौतमले बताउनुभयो ।

टीका लगाउने प्रचलन पनि ठाउँअनुसार फरक रहेको पाइन्छ । काठमाडौँलगायतका केही जिल्लामा कोजाग्रत पूर्णिमाका दिनसम्म दसैँको टीका तथा जमारा लगाउने गरिन्छ भने लमजुङ, स्याङ्जा, कास्कीलगायत जिल्लामा विजयादशमीका दिन मात्र टीका तथा जमरा लगाउने गरिन्छ ।

कोजाग्रत पूर्णिमाका दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले रातमा पृथ्वीको भ्रमण गरी को जागेको छ ? भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिरहेको छ, उसैलाई आर्शिवाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज रातमा गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन् । रासस