११ कार्तिक २०८३, बुधबार

जिप दुर्घटनामा दुईजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

palpa_districtपाल्पा, ९ कात्तिक । पाल्पाको झिरुवास गाविसमा जिप दुर्घटना हुदाँ दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।

भिरुवास– ७ लाँकुरीभञ्याङमा गएराति जिप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । घाइतेको अहिले रामपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा झिरुवास– ७ ढाक्रेसिंह बस्ने १९ वर्षीय गुणराजसिंह ठकुरी र १९ वर्षीय धनबहादुर पाटा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले उल्लेख गरेको छ ।
भिरुवासबाट विरामी बोकेर रामपुर अस्पताल आउँदा लु १ ज २६४७ नम्वरको जिप दुर्घटना भएको हो । जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो ।
राति १२ बजे दुर्घटना भएपनि प्रहरीलाई राति २ बजे मात्र जानकारी प्राप्त गरेको प्रहरी स्रोतले बताएको छ । रासस