महेन्द्रनगर, ९ कात्तिक । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–५ बन समितिमा भेटिएको प्यारा बमलाई नेपाली सेनाको टोलीले निस्कृय बनाएको छ ।
आइतबार दिउँसो बन समितिका स्थानीय दीपक भट्टको खेतमा भेटिएको बम नेपाली सेनाको श्री २५ बाहिनी र हनुमानध्वन गुल्मको बम डिष्पोजल टोलीले आइतबार राति निस्कृय पारेको हो ।
हनुमानध्वज गुल्मका गुल्मपति सेनानी विष्णु थापाले सेनाले उक्त बेवारिसे अवस्थामा रहेको बम निस्कृय पारेको जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय झलारी प्रहरी निरीक्षकले ज्ञानबहादुर सेटीले बम द्वन्द्वकालमा छाडिएको हुनसक्ने आशंका गर्नुभएको छ ।
















प्रतिक्रिया