११ कार्तिक २०८३, बुधबार

एम्बुलेन्सबाट तेल निकालेर मधेसी मोर्चाका कार्यकर्ताले आगो लगाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aago-lagayaसप्तरी, ८ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्र्तगत भारदहस्थित सडक खण्डमा गुडिरहेको एम्बुलेन्स र मोटरसाइकलबाट एक सय लिभन्दा बढी पेट्रोलियम पदार्थ झिकेर सडकमै आगो लगाएका छन् ।

मोर्चाका कार्यकर्ताले विराटनगरबाट काठमाडौँतर्फ बिरामी लिएर जाँदै गरेको नं खुल्न नसकेको एम्बुलेन्समा राखिएको पेट्रोल र डिजल झिकेर सडकमै पोखी आगो लगाएको स्थानीयवासी अशोक माझीले बताउनुभयो ।

यस्तै मोर्चाका कार्यकर्ताले सप्तरीकै पोर्ताहा र कोसी ब्यारेजमा पनि भारतको भीमनगरबाट मोटरसाइकलमा ल्याइँदै गरेको डिजल र पेट्रोल झिकेर सडकमा पोखेको बताइएको छ ।

राजविराजलगायत अधिकांश ठाउँमा कार्यकर्ताले बजार, पसल शिक्षण संस्था, उद्योग, कलकारखाना, यातायात ठप्प पारेका छन् ।