११ कार्तिक २०८३, बुधबार

‘मापसे’ चेकजाँचका बेला दुर्घटनामा परेर ट्राफिक प्रहरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । काठमाडौंको बालाजुस्थित माछापोखरीमा भएको सडक दुर्घटनामा ट्राफिक प्रहरी तिलक बाँस्तोलाको मृत्यु भएको छ ।

मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने क्रममा शनिबारराति नियम उल्लंघन गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई ट्राफिक प्रहरी कार्यालय बालाजुमा जाने क्रममा राति ११ बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भई २८ वर्षीय बाँस्तोलाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ओखलढुङ्गास्थित कुइभिरमा स्थायी बसोबास भएका बाँस्तोला नौ वर्षदेखि प्रहरी सेवामा कार्यरत थिए ।