
काठमाडौं, ८ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामा आफूहरूले उम्मेदवारी नदिने जनाएको छ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार मधेसी जनताका अधिकार संविधान संशोधन गरेर नसमेटिँदासम्म मधेसी मोर्चा कुनै पनि सरकारी पदमा उम्मेदवारी नदिने बताउनुभयो ।
‘मधेसी मोर्चा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहभागी हुँदैन’, सप्तरीमा रहेका महासचिव सुमनले भन्नुभयो, ‘तत्काल कुनै पनि सरकार उच्च पदमा जाने कुनै योजना छैन ।’
राष्ट्रपति र उपराष्ट्रपतिका लागि शनिबार निर्वाचन कार्यक्रम सार्वजनिक भइ सकेको छ । राष्ट्रपतिमा कांग्रेस र एमालेले दाबी गरेका छन् ।
सरकारसँग आज (आइतबार) हुने वार्तालाई मधेसी मोर्चाले महत्वका साथ हेरिरहेको बताउनुभएका सुमनले वार्ताले सकारात्मक सन्देश दिएन भने आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी दिनुभयो ।
संघीय राज्यको सिमाङ्कन, नागरिकतालगायतका विषयमा माग राखेर मधेसी मोर्चाले साढे दुई महिनादेखि तराई मधेसमा आन्दोलन गर्दै आएको छ । माग पूरा गराउन दवाव दिने उद्देश्यले मधेसी मोर्चाले नाकाबन्दी गर्दै आएको छ ।
मधेसी मोर्चाको नाकाबन्दी मुलुकमा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । राज्यलाई करौडौँ रुपियाँ राजश्वको नोक्सानी भएको छ ।















प्रतिक्रिया