३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति पदबाट विदा हुनै लाग्दा डा.यादव अचानक धुलिखेल कसलाई भेट्न पुगे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran_Yadavकाठमाडौं, ७ कात्तिक । राष्ट्रपति डा.रामवरण यादव आज अचानक काभ्रेको धुलिखेल पुग्नुभएको छ ।

दिउँसो करिव २ बजेर ४० मिनटमा डा.यादव धुलिखेल पुग्नु भएको हो ।

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माको निवासमा अचान पुग्नु भएका डा.यादवको धुलिखेल भ्रमणका विषयमा केही बताइएको छैन ।

हुन त डा. शर्मा राष्ट्रपति डा.यादवका सहपाठी हुनुहुन्छ ।

स्रोतका अनुसार डा.यादवले डा.शर्माको निवासमा उच्च राजनीतिक विषयमा परामर्श गर्न सक्ने जनाइएको छ ।

सडकमार्ग हुँदै धुलिखेल पुग्नु भएका डा.यादवले चिकित्सा क्षेत्रमा देखिएको समस्या र आन्दोलन लगायतका विषयमा डा.शर्मासँग जानकारी लिनु हुने बुझिएको छ । यद्यपि यस विषयमा दुबै पक्षले केही बताएको छैन ।

राष्ट्रपति पदबाट विदाइ हुन केही घण्टा बाँकी रहँदा राष्ट्रपति डा.यादव धुलिखेल जानु भएको छ ।