११ कार्तिक २०८३, बुधबार

किन मागे एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले माफी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jiba-Lamichhane

काठमाडौँ, ४ कात्तिक । इन्धन अभाव भइरहेको बेला एनआरएनलाई इन्धन सुविधा दिइएको विषय आलोचित बनेपछि गैरआवासीय नेपाल संघ (एनआरएन) का पूर्वअध्यक्ष जीवा लामिछानेले माफी नै मागेका छन् ।

राजधानीमा एनआरएनको विश्व सम्मेलन तथा महाधिवेशनका लागि आएका गैरआवासीय नेपालीहरुको माग बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले आयल निगमलाई इन्धनको व्यवस्था गर्न निर्देशन दिएका थिए । सोहीबमोजिम एनआरएनका केही अगुवाहरुले आफ्नो सवारी साधनका लागि पेट्रोल तथा डिजेल हालेका थिए । गैरआवासीय नेपाली संघको सचिवालयको सिफारिस अनुसार, झन्डै ३ दर्जन गैरआवासीय नेपालीले २५ लिटरका दरले यो सुबिधा लिएका थिए । जुन विषय निकै विवादित बनेको थियो ।

‘मेरा चालक भाईले पनि अस्ती पुरै दिन लगाएर सो पुर्जीबाट लिएको २५ लिटर तेल हालेर हिजो म चितवन आइपुगें,’ गृहजिल्ला चितवन पुगेका लामिछानेले सामाजिक सञ्जालमार्फत क्षमायाचना गर्दै लेखेका छन्, ‘सार्बजनिक यातायात, एम्बुलेन्स, अस्पताल लगायत अति आवश्यक पर्ने ठाउँमा प्रयोग गर्न सकिने त्यो तेल हामीले नलिएको भए पनि हुन्थ्यो जस्तो लागेको छ । हामी अरु नै बिकल्प प्रयोग गरेर पनि घरसम्म जान सक्थ्यौँ । यसबाट पर्न गएको असुविधाप्रति क्षमा चाहन्छु । माइ सिन्सिअर अपोलोजी फर द इन्कन्भेनियन्स !’

लामिछानेले क्षमायाचना गर्दै लेखेको फेसबुक स्टाटस यस्तो छः

Jiba-Lamichhane-FB-Status