१ कार्तिक २०८३, शनिबार

‘छिन्ताङदेवी’मा किन काटियो एक ट्रक लोकल खसी ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhan-K-c-2

– विमल योगी

समयमा नजाने हो भने यो पसलमा खसीको मासु नपाइने उत्तिकै समस्या रहन्छ । पाइहालियो भने पनि एक छिन कुर्नुपर्ने हुन्छ । खसीको मासु किन्नका लागि यो पसलमा अधिकांस समय लाइनमा बस्नु पर्ने बाध्यता उपभोक्तालाई छ । यास्तो बाध्यता हुनुको एक मात्रै कारण हो, ‘गाउँको लोकल खसी’को मासु पाइनु । छिन्ताङदेवी मासु पसलमा भारतबाट ल्याइएको वा उन्नत जातका खसी काटिँदैन । र धेरै बोसो रहेका खसी पनि काटिँदैन । उपभोक्ताकै अगाडि काटेर तत्कालै भनेअनुसारको मासु उपलब्ध गराउने विशेषताका कारण पनि यो पसलमा भीड लाग्ने गरेको हो । भीड भए पनि उपभोक्ताले लाइनमै बसेर मासु लिने गरेको सञ्चालकको भनाइ छ । छिन्ताङदेवीमा उपत्यका बाहिरका जिल्ला दाङ, सल्यान, उदयपुरलगायतका जिल्लाबाट गाउँको लोकल खसी ल्याइ मासु विक्री हुन्छ । यो पसलमा दैनिक कम्तिमा दुई वटा खसी काटिन्छन् ।