११ कार्तिक २०८३, बुधबार

मध्यराति प्रहरी टोलीमाथि जुवाडे समूहको आक्रमण, हवल्दार घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

महोत्तरी, ४ कात्तिक । महोत्तरीमा जुवाडे समूहले प्रहरीको गस्ती टोलीमाथि आक्रमण गरेको छ ।

पशुपतिनगरमा मंगलबार राति भएको आक्रमणमा परी प्रहरी हबल्दार बरुण भूमियार घाइते भएका छन् । आक्रमण गर्ने एक जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको विजलपुरा–९ का रविन्द्र घोरारी रहेका छन् ।

पशुपतिनगरको पथलैया बजारमा व्यवसायिक रुपमा जुवातासको खेल भैरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट गएको प्रहरी टोलीमाथि सयौंको संख्यामा रहेका जुवाडेले आक्रमण गरेको बर्दिबासका डिएसपी रमेश पण्डितले जानकारी दिए ।

उनका अनुसार जुवाडेको समूहले प्रहरी टोलीमाथि कटुवा पेस्तोलले आक्रमण गरेका थिए । उनीहरुले प्रहरीको गाडीमाथि समेत आक्रमण गरेको पण्डितले बताए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो ।