
रत्ननगर (चितवन), ४ कात्तिक । चितवनको दारेचोकमा गुडिरहेको बसको छतबाट खसेर एक यात्री गम्भिर घाइते भएका छन् ।
दसैँमा काठमाडौँबाट धनुषा जान लागेका धनुषा धारापानी–७ का ३५ वर्षीय थोरमान थिङ बसको छतबाट खसेर गम्भिर भएका छन् ।
उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । काठमाडौंबाट सर्लाही जान आउँदै गरेको ना ५ ख ४०४८ नम्वरको बसको छतबाट खसेर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गएराति भएको सो दुर्घटना चितवनको दारेचोक गाविस–३ लेवाटारमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ईन्धन अभावका कारण धेरै गाडी नचलेकाले यसपाली चाडवाडमा घरजाने यात्रु जोखिम मोलेर गइरहेका छन् । रासस















प्रतिक्रिया