
काठमाडौं, ४ कात्तिक । दुई महिनादेखि मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सुरक्षा निकायमाथि गम्भीर आरोप लगाएको छ ।
जनताको शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीमाथि मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टी तथा उसका भातृ सँगठनहरुले बुधबार विज्ञप्ती निकालेर गम्भीर आरोप लगाएका हुन् ।
तमलोपा र उसका भातृ संगठनले प्रहरीमाथि संगठित गुण्डा गर्दीको आरोप लगाएको हो । साथै आफ्ना केन्द्रीय सदस्य डा. सुरेन्द्र कुमार झालाई प्रहरी चौकीमा लगेर निर्घात कुटपिट गरेको आरोप लगाउँदै आपत्ति समेत जनाएको छ ।
यस्तो छ तमलोपा र उसका भातृ सँगठनले निकालेको विज्ञप्तीः
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आमहडताल र नाकाबन्दी कार्यक्रम चलिरहेको अवस्था हो । आन्दोलनका क्रममा रहेका तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र कुमार झा लाई सिरहाको मिरचैया प्रहरी चौकीमा लगी निर्घात कुटपिट गरेकोमा यस पार्टीका युवा, विद्यार्थी, प्राध्यापक, बुद्धिजीवि संघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरी चौकीमा लगी निर्घात कुटपिट गर्नु प्रहरीको संगठित गुण्डा गर्दी हो । प्रहरीको गुण्डा गर्दीलाई संयुक्त रुपमा घोर भत्सर्ना गर्दै यस कार्यमा संलग्न प्रहरीलाई कडा कारवाही गर्न संयुक्त विज्ञप्ति मार्पmत माँग गर्दछौं ।
डा. उदय किशोर तिवारी, अध्यक्ष -लोकतान्त्रिक प्राध्यापक संघ
उदय चन्द्र मिश्र, का.वा. अध्यक्ष, –लोकतान्त्रिक बुद्धिजीवि संघ
मनिष मिश्र, महासचिव, –तराई–मधेश विद्यार्थी फ्रन्ट
कामरेन्द्र वर्मा, सह–महासचिव, –तराई–मधेश युवा फ्रन्ट












प्रतिक्रिया