दाङ, ४ कात्तिक । दाङका दुई कारागारबाट १४ जना कैदीको कैद मिनाह भएको छ । नयाँ संविधान जारी भएको र दसैँको अवसरमा संशोधित कारागार नियमावलीअनुसार घोराही कारागारबाट ५ र तुलसीपुर कारागारबाट ९ जना गरी १४ कैदीको कैद मिनाहा भएको हो ।
सरकारले घोराही कारागारबाट २ जना कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने, चोरी र सैनिक ऐनसम्वन्धी मुद्दाका एक/एक जनाको कैद मिनाह भएको कारागार बेसका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले जानकारी दिनुभयो ।
तुलसीपुरमा ७ जना कर्तव्य ज्यान मुद्दा र २ जना चोरी मद्दामा जेल सजाय भोगिरहेकाहरूको कैद मिनाह भएको कारागारका जेलर देबेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।















प्रतिक्रिया