२२ कार्तिक २०८३, आइतबार

पूर्वराजा ज्ञानेन्द्रले दशैं नमान्ने, राष्ट्रपतिले सर्वसाधारणलाई टिका लगाइदिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ex-King-Gyanendra-Shahaकाठमाडौं, ४ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान चाड दसैंमा टिका नलगाउनुहुने भएको छ ।

नेपालीहरूको दैनिक जीवनमा आइपरेको असहज परिस्थिति र आवागमनमा उत्पन्न कठिनाइका कारण पूर्वराजा शाहले यस वर्षको विजयादशमीको दिन टीका कार्यक्रम नगर्ने हुनुभएको हो ।

उहाँले यसअघि नै वक्तव्य जारी गरेर सम्पूर्ण नेपाली जनतालाई सम्बोधन गर्दै नेपाली दुःखमा परेको बेला दसैं नमान्ने निर्णय गर्नुभएको थियो । पूर्व राजाले गत असार २३ उनको जन्मोत्सवसमेत महाभूकम्पका कारण मनाउनुभएको थिएन् ।

यसैबीच दशैंको अवसरमा राष्ट्रपति डा रामवरण यादवले सर्वसाधारणलाई टिका लगाइदिनुहुने भएको छ । राष्ट्रपतिले टीका लगाउने सर्वसाधारणका लागि ५ गते बिहीबार अपराह्न १ः३० देखि ५ बजेसम्मको समय तोक्नुभएको छ ।