११ कार्तिक २०८३, बुधबार

नेपाल–भारत दशगजा क्षेत्रमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण, दुई प्रहरी गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

फाइल तस्बिर
फाइल तस्बिर

सर्लाही, ४ कात्तिक । सर्लाही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा नेपाल प्रहरीमाथि सांघातिक आक्रमण भएको छ ।

अर्नाहा–३ स्थित सिमानास्थित दशगजा क्षेत्रमा चन्दा संकलन गरिरहेको समूहले हँसिया, खुर्पा र लाठी प्रहार गरेर प्रहरीका दुई जनालाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

दशगजा क्षेत्रमा भएको आक्रमणमा परेर प्रहरी चौकी अर्नाहामा कार्यरत प्रहरी सहायक निरीक्षक गौरीशंकर साह र प्रहरी जवान सुशीलकुमार साह घाइते भएका हुन् ।

दशगजा क्षेत्रमा मंगलबार जबरजस्ती चन्द उठाइ रहेको सो समूहलाई सम्झाई बुझाई गर्नेक्रममा प्रहरीमाथि एक्कासि हतियार प्रहार गरेको थियो ।

आक्रमण हुन थालेपछि प्रहरीले हवाई फायर गरी तत्काल स्थितिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनामा संलग्न शंकास्पद अर्नाहा–३ बस्ने ७३ वर्षीय सोनफ राय र ३२ वर्षीय नथ्थु रायलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।