१ कार्तिक २०८३, शनिबार

साउदीमा एक नेपालीको सुतेकै ठाउँमा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

man bdr pun saudi– एनपी प्रधान (भरत)
साउदी अरब, कात्तिक ३ । रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाँउमा मृत्यु भएको छ । १५ महिनाअघि साउदी अरब आएका पर्वत सलाजुंगा ३ का ३३ वर्षीय मान बहादुर पुनमगरको गत सोमबार राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।

ड्युटीबाट फर्केर राति खाना खाएर सकुशल सुतेका मगर रातको एक बजे एक्कासी छटपटीएका थिए । उनी छटपटीएको थाहा पाएपछि कोठामा सँगै सुतेका साथीहरुले अस्पताल लैजाने तयारी गर्दागर्दै उनको सुतेकै ठाँउमा मृत्यु भएको उनका साथी झबिलाल न्यौपानेले जानकारी दिनुभयो । शव परिक्षण भईनसकेकाले मृत्युको कारण खुल्न सकेको छैन् । मृत्यु भएका पुनमगरको शव जुबैलस्थित जेनेरल अस्पतालमा राखिएको र उनको शव स्वदेश पठाउनका लागि पहल भईरहेको न्यौपानेले बताउनुभयो ।

अल अद्वानी कम्पनीको स्काईफोल्डरमा कार्यरत मगर साउदीको जुबैलस्थित अबुद्रीया क्याम्पमा बस्दै आएका थिए । मगरको परिवारमा बृद्ध बुवा आमा, श्रीमती र २ छोरी छन् ।