११ कार्तिक २०८३, बुधबार

नरेन्द्र मोदीले परराष्ट्रमन्त्री थापालाई खालीहात पठाइदिए, निरास भए थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapaकाठमाडौं, २ कात्तिक । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा भारतको भारतको भ्रमणपछि आज स्वदेश फिर्ता हुनुभएको छ ।

अपरान्ह करिव चार बजे मन्त्री थापा काठमाडौं आइपुग्नु भएको हो । मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी खुलाउन भारत जानुभएका मन्त्री थापा ठोस उपलब्धीबिना स्वदेश फिर्ता हुनुभएको हो ।

त्रिभुवन बिमानस्थलमा परराष्ट्रमन्त्री थापाले निरासमुद्रामा भारतले छिट्टै अबरुद्ध आपूर्ति खुल्ने दाबी गर्नुभयो । उहाँले आपूर्ति व्यवस्था छिट्टै सहज हुने भनेपनि त्यसलाई प्रमाणित गर्ने कुनै ठोस कुरा थिएनन् ।

भारतले विगत तीन सातादेखि अघोषित रुपमा नेपालमा आर्थिक नाकाबन्दी लगाएपछि त्यसलाई सूचारु गराउन परराष्ट्रमन्त्री थापा शनिबार भारतको राजधानी नयाँदिल्ली जानुभएको थियो ।

भारतमा रहँदा थापाले आजै दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गर्नुभएको थियो । भेट उत्साहपूर्ण भएको थिएन ।

यसअघि हिजो आइतबार भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भएको भेटमा पनि नेपालको आन्तरिक मामिला मिलाउन परराष्ट्रमन्त्री थापालाई सुझाव दिनुभएको थियो ।

परराष्ट्रमन्त्री थापाले नयाँदिल्लीमा गर्नुभएका सबै कुटनीतिक छलफल र प्रयासहरू नाकाबन्दी खुलाउने विषयमा उपलब्धीपूर्ण नभएको जनाइएको छ ।