२२ कार्तिक २०८३, आइतबार

पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँमा आफ्ना समर्थकलाई टीका जमरा नलगाइदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-shahकाठमाडौं, २ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको असहज परिस्थिति र आवागमनमा उत्पन्न कठिनाइका कारण दुःखी रहेको भन्दै आफ्ना समर्थकलाई विजया दशमीमा टीका र जमरा प्रदान नगर्ने जनाउनुभएको छ ।

पूर्व राजा शाहले आज सूचना जारी गरेर सर्वसाधारणलाई समस्या परेको भन्दै यस पटकको दसैँमा टीका प्रदान गर्ने कार्यक्रम स्थगित गर्नुभएको उल्लेख छ ।

‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारबाट नेपालीहरूको दैनिक जीवनमा आईपरेको असहज परिस्थिति र आवागमनमा उत्पन्न कठिनाइका कारणा यस वर्ष विजया दशमीका दिन टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ’, निजी सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

अघिल्ला वर्षहरूमा पूर्व राजा शाहले आफ्ना शुभेच्छुक र समर्थकहरूलाई निर्मल निवासमा दसैँको टीका र जमरा लगाइदिने गर्नुहुन्थ्यो । यस पटक मुलुकको अहज परिस्थितिका कराण सो कार्यक्रम नगरिने उल्लेख गरिएको छ ।