काठमाडौँ, २ कात्तिक । साइन मिडिया प्रालिले दैनिक नेपाल डटकमको कार्यकारी सम्पादकमा विमल योगीलाई नियुक्त गरेको छ । अनलाइन पत्रकारितामा लामो समयदेखि आबद्ध पत्रकार योगी यसअघि सौर्य दैनिक र राजधानी दैनिकको अनलाइन संस्करणको सम्पादक भइसक्नुभएको छ । उहाँ स्थापनाकालदेखि नै दैनिक नेपालसँग आबद्ध हुनुहुन्छ ।
यसैगरी, प्रमुख संचालन अधिकृतमा शारदा गैरे नियुक्त हुनुभएको छ । रेडियो लुम्बिनीबाट डेढ दशकअघि पत्रकारिता थाल्नुभएकी गैरे स्थापनाकालदेखि नै दैनिक नेपालसँग आबद्ध हुनुहुन्छ । उहाँ दुईबर्षसम्म इमेज टेलिभिजनको इमेज च्यानल्स डटकमसँग आबद्ध हुनुहुन्थ्यो ।
यस्तै, समाचार संयोजकमा कमलराज भट्ट नियुक्त हुनुभएको छ । कञ्चनपुरबाट पत्रकारिता थालेका भट्ट एकबर्षदेखि दैनिक नेपाल डटकमसँग आबद्ध हुनुहुन्छ । उहाँ नेपाल समाचारपत्र दैनिक लगायतका संचारमाध्यमसँग आबद्ध हुनुुहुन्थ्यो ।
साइन मिडिया प्रालिका अध्यक्ष एवं दैनिक नेपालका प्रधान सम्पादक गणेश पाण्डेले दैनिक नेपालको बागबजारस्थित कार्यालयमा सोमबार उहाँहरुलाई स्वागत गर्नुभयो । वृत्तचित्र तथा टेलिभिजन कार्यक्रम निर्माण गर्दै आएको साइन मिडिया प्रालिले विगत दुईबर्षदेखि दैनिक नेपाल डटकम संचालन गर्दै आएको छ ।













प्रतिक्रिया