११ कार्तिक २०८३, बुधबार

अढाई तोला सुन चोरी गर्ने सिंह २१ दिनपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sun chor– दशरथ घिमिरे

देउखुरी, २ कात्र्तिक । दाङको देउखुरीमा २१ दिनअघि चोरी भएको ढाई तोला सुनको गरगहनासहित वडा प्रहरी कार्यालय लमहीले एक जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ ।

लमही नगरपालिका वडा नं. ८ अर्नहवा निवासी तिक डाँगी, कृष्ण कुँवर, सीता विष्ट र समिर सुवेदीको घरवाट असोज १२ गते गरहगना र मोवाईल चोरी भएको थियो ।

चारीमा संलग्न राजपुर–७ खाङग्रा निवासी २३ वर्षीय अर्जुन भन्ने टोपेन्द्र सिहं ठकुरीलाई वडा प्रहरी कार्यालय लमहीले चोरी भएको २१ दिनपछि नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरीले ४ वटा मंगलसुत्र, एक जोडी टप र चार वटा मोवाईल सेट बरामद गरेको छ ।

रातको समयमा सिंहले मंगलसुत्र, टप र मोवाईल सेट चोरी गरेका थिए । घोराहीका सुन पसलमा सिंहले चोरी भएको सुन विक्री गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

पीडितले प्रहरी कार्यालयमा असोज १३ गते उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

फोन डिटेलको आधारमा सिंहलाई पक्राउ गर्न सफल भएको प्रहरी सहायक निरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।

सिंहलाई पक्राउ गरी अनुसन्धान गर्दा घटनामा संलग्न रहेको पाइएपछि बिक्री भएका पसलबाट सुन झिकाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिनुभयो ।

पक्राउ परेका सिंहलाई चोरी डकैती मुद्दा दर्ता गरी कारवाही प्रकृया अघि बढाइएको प्रहरीले बताएको छ ।