११ कार्तिक २०८३, बुधबार

परराष्ट्रमन्त्री थापा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, के भने मोदीले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thapa-modi-1काठमाडौं, २ कात्तिक । नाका अवरोध हटाउने प्रयासमा भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।

नाकाबन्दी हटाउने प्रयास भारत भ्रमणमा रहेका थापाले सोमबार आज स्वदेश फर्किनुअघि मोदीसँग भारतीय प्रधानमन्त्री निवास रेसकोर्समा
भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा सीमा नाकाहरुबाट आवागमन सहज बनाउने बारेमा कुराकानी भएको जनाइएको छ ।

भेटवार्तामा मोदीले सहज भएको नाकाबाट निर्यात बढाउने आश्वासन दिनुभएको छ । तर वार्तामा रक्सौल नाका सूचारु गर्ने बिषयमा कुनै छलफल भएको छैन् । मधेस र तराईको समस्या राजनीतिक तहबाट समाधान नगरी सम्बन्धको सबै आयाम फराकिलो हुन नसक्ने जवाफ मोदीले दिएको भेटमा सहभागी एक अधिकारीले जनाउनुभएको छ ।

thapa-modiभेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत रञ्जित रे लगायत सहभागी थिए । भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएपनि नाकाबन्दी खोल्ने विषयमा ठोस निर्णय सार्वजनिक हुन बाँकी छ। परराष्ट्रमन्त्री थापा आजै स्वदेश फर्किंदैछन् ।