काठमाडौं, २ कात्तिक । नेपालमाथि ‘अघोषित नाकाबन्दी’ गरिरहेको भारतको जताजतै विरोध भइरहेका बेला सार्क सदस्य राष्ट्र बंगलादेशले पनि विरोध गरेको छ ।
बंगलादेशका वाणिज्य मन्त्री टोफेल अहमदले नाकाबन्दी सार्कको भावना विपरित रहेको बताएका छन् । भारतको चर्चित पत्रिका द हिन्दूसँगको अन्तरवार्तामा अहमदले नेपालको नाकाबन्दी दुई देशबीचको मात्रै नभएर सार्ककै मामिलाभित्र पर्ने बताउँदै यसले सार्कका योजनामा पनि गम्भीर असरकोमा चिन्ता व्यक्त गरे ।
सार्कले विकासोन्मुख देशमा सहायता बढाउने र आर्थिक समृद्धिको लक्ष्य लिएको छ । तर भारतको नाकाबन्दीले नेपालको अर्थतन्त्र नराम्रोसँग तहसनहस भएको छ । साथै अहमदले भारतले तत्काल नाकाबन्दी फिर्ता लिनुपर्ने बताएका छन् ।















प्रतिक्रिया